share 268 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेको हो । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो संवैधानिक र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्रीले विश्वासको मतको सामना संसदमा गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भएको छैन । सकेसम्म छिटो विश्वासको मत सामना गर्छौँ । राजीनामा दिने भन्ने छैन ।’ पोस्टको नेभिगेसन रास्वपाका मन्त्रीहरु राजीनामा दिनबाट ब्याक, प्रधानमन्त्रीले सदन फेस गर्ने एमालेले छाडेका ८ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने