share 254 काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको हो । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ । काङ्ग्रेस-एमालेबीच नयाँ गठबन्धन भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्दै आएको छ । पोस्टको नेभिगेसन किन गर्यो रास्वपा संसदीय दलको बैठक स्थगित ? एमालेले बोलायो सचिवालय बैठक