बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीमा आर्थिक हिसाब-किताब मिलाउने जिम्मा पाएका उपसभापति अर्यालले पारदर्शिता नअपनाएको बताएको हो । अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको दाबी ढकालले गरेको छ ।
‘आर्थिक हिसाब-किताब मिलाउने जिम्मा डीपी अर्याललाई दिइएको थियो । मैले पार्टी स्थापना गर्दा पार्टी चलाउन पैसा चाहिन्छ, के गर्ने हो भनेको थिएँ । मुकुल तिमी पैसाको चिन्ता नलेऊ, दस्तावेजको कुरा हेर, राजनीतिक कुरा हेर, पैसाको कुरा डीपी अर्यालको जिम्मा भयो भनेर सभापति रवि लामिछानेले भन्नुभएको थियो’, ढकालले भने, ‘त्यसपछि मैले कहिले पैसाको कुरा गरिनँ । त्यहाँ जुन पारदर्शिता अपनाउनुपर्थ्यो, त्यो अपनाइएन ।’
रास्वपा स्थापना भएको पहिलो दिन राष्ट्रियसभा गृहमा हिसाब किताबमा पारदर्शिता अपनाउने भनिए पनि त्यो नभएको उनले बताए ।
‘डीपी अर्याल सरले उदारता देखाउन सक्नुभएन । मैले बारम्बार आग्रह गरेँ, आर्थिक हिसाब-किताब क्लियर गर्दिनुपर्यो । उहाँले ऋण छ भन्नुहुन्थ्यो’, उनले भने, ‘डीपी अर्यालले केसम्म गर्नुभएको छ भने कोही साथीले दिएको पैसालाई पार्टी कोषमा जम्मा नगरी आफ्नो खल्तीमा राख्नु भएको रहेछ ।’