उनले संविधानमाथि हमला भएको बताउँदै संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको अग्रगमनको लागि भएको पनि बताए । उनले भने, ‘जाति, भाषा, धर्म, मधेश, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु, यो संसद्मा सङ्ख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ ।’
भट्टराईले एमालेबाट प्रत्यक्ष जितेर आउने महिला सांसद रहेको बताउँदै अब महिला र मधेशका आधारमा आगो बाल्न सम्भव नभएको समेत उल्लेख गरे ।