share 265 काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले महिला, दलितका नाममा प्रचण्डले फेरि आगो बाल्न खोजेको भन्दै त्यो सम्भव नभएको बताएको छ । शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले आज युद्धमा सहयोग गर्ने रोल्पाका मगरहरू कहाँ गए भन्दै उनले प्रश्न गरे । संसद्मा महिला र दलितको प्रतिनिधित्वको मुद्दा एमालेको रहेको उनले बताए । उनले संविधानमाथि हमला भएको बताउँदै संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको अग्रगमनको लागि भएको पनि बताए । उनले भने, ‘जाति, भाषा, धर्म, मधेश, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो । तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभो ? आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु, यो संसद्मा सङ्ख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ ।’ भट्टराईले एमालेबाट प्रत्यक्ष जितेर आउने महिला सांसद रहेको बताउँदै अब महिला र मधेशका आधारमा आगो बाल्न सम्भव नभएको समेत उल्लेख गरे । पोस्टको नेभिगेसन संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउनु पर्दैन : प्रचण्ड पदमुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न पुगे शीतलनिवास