शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएको छ । माओवादी केन्द्र नेतृत्वको सरकार पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान समेत गरेको छ । नयाँ सरकारमा दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू शीतल निवास गएका छन् । कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका हुन् ।
मुख्यसचिव ढकालले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वानविरुद्ध संविधान तथा कानुनविद् अदालत जान सक्ने पनि बताए ।
