share 400 काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार मात्रै प्रधानमन्त्री पदमा नियुक्ति हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दावी पेस भएपछि अब नियुक्तिको विषय राष्ट्रपतिको भएको जनाए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढाेका खुलेकाे थियाे । प्रचण्डले राखेकाे विश्वासका मतकाे प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीकाे नेतृत्वमा सरकार बन्ने बाटाे खुलेकाे थियाे । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । पोस्टको नेभिगेसन संविधान संशोधन भए सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने माओवादी केन्द्र चेतावनी राष्ट्रपतिद्वारा आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ सोमबार