काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँँ ९६ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिद दर १४५रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर :
