share 243 काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक जुवातास खेलिरहेको अवस्थामा घरधनी ४२ वर्षीय प्रकाश पौडेल सहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रुपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । त्यसैगरी, डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रुपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । पोस्टको नेभिगेसन प्रहरी जवानको परीक्षा दिने छ जना नक्कली परीक्षार्थी पक्राउ उच्च अदालतको अन्तरिम आदेशले न्यूरोडमा फुटपाथ निर्माण गर्ने बाटो खुल्यो