काठमाडौं । सोमबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने पनि निगमले जनाएको छ ।

111