काठमाडौं । चार दल सम्मीलित समाजवादी मोर्चाको नेपालको बैठक बस्दैछ । बैठक आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाएको छ । सो बैठकले समाजवादी मोर्चाको आगामी रणनीति र योजना समेत तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल फुटपछि जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।


