काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले धर्मेन्द्र बास्तोला समुहलाई निर्णय फिर्ता लिन आग्रह गरेको छ । नेता धमेन्द्र बास्तोला एकता प्रक्रियाबाट भंग भएको घोषणा गरेपछि वैद्य नेतृत्वको पार्टीमा तरङ्ग पैदा भएको हो ।
संयोजक वैद्यले बास्तोला समूहलाई पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी एकता भंग भएको निर्णय पत्र फिर्ता लिन आग्रह गरेको छ ।
पार्टी एकता भएको १५ महिनामै एकता असफल भएको भन्दै बास्तोलाले पार्टी केन्द्रीय कार्यालयमा पत्र पठाएको थियो । वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पत्र फिर्ता लिएर एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न बास्तोला समुहलाई आग्रह गरेको छ ।


