काठमाडौं । वर्तमान सत्ता गठबन्धनले दुई तिहाइको दम्भ देखाए त्यही अनुसारको प्रतिकार गर्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा बताएको छ । प्रतिपक्षमा बसेर संसद्को काम कारबाही प्रभावकारी बनाउने र सडकमा वामपन्थी तथा समाजवादी शक्तिबिच सहकार्य गरेर सडक संघर्षमा उत्रिने सापकोटाले बताए ।

‘सरकारले दुई तिहाइको दम्भ, अहङ्कार प्रदर्शन गर्न सक्छ । त्यसको सशक्त ढंगले प्रतिवाद, प्रतिरोध गर्नेछौँ । सदनलाई गुणात्मक र सशक्त बनाइन्छ । सोही अनुसार प्रतिवाद गरिन्छ’,  सापकोटाले भने ।

उनले समाजवादी मोर्चामार्फत वामपन्थी दलहरूबिच सहकार्य र एकताको प्रयास जारी रहेको भएपनि तत्काल एकताको सम्भावना नभएको बताए । सत्ता गठबन्धनको वर्तमान सरकार कति समय जान्छ भनेर अहिले नै मूल्याङ्कन गर्ने बेला नभएको उनले स्पष्ट पारे