
काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटना परि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क-कीर्तिपुर रुटमा चल्ने बा.३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा प्रा. डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए ।
निधन भएका प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

