facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक केही बेरमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ ।

जसपा नेपालले विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपा नेपालले आपत्ति जनाउँदै आएको छ ।

आयोगको निर्णय विरुद्धमा कानुनी उपचार खोज्ने तयारी जसपा नेपाल रहेको छ । दल दर्ता सम्बन्धी कानुन निष्क्रिय भएको बेला निर्वाचन आयोगले राई नेतृत्वको पार्टी कसरी दर्ता गरेको भन्दै यादव पक्षको जसपा नेपाल त्यसका विरुद्धमा अदालत जाने भएको हो । सो विषयमा समेत आजको बैठकमा थप छलफल हुने बताइएको छ ।