काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार पार्टी कार्यालय कुपन्डोलमा बस्ने नेता सीपी गजुरेलले जानकारी दिए ।

बैठकले पार्टीको एजेन्डा तय गर्नुको साथ समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने गजुरेलले बताए । उनका अनुसार बैठक तीन दिनसम्म जारी रहनेछ । नेताहरू सत्ता स्वार्थमा लिप्त हुँदा जनपक्षीय एजेन्डा, राष्ट्रियताको पक्षमा काम हुन सकेको उनले आरोप लगाए । अहिलेको व्यवस्थाले निकास ननिस्किने जिकिर गर्दै उनले भने, ‘समसामयिक राजनीति, पार्टीको आगामी एजेन्डाबारे बैठकमा छलफल हुन्छ ।’

नेकपा मसालसँग पार्टी एकता भएपछि सो पार्टीको पहिलो पटक बैठक बस्न लागेको हो । साउनमा महाधिवेशन गर्ने तयारीमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मोहन बैद्यको नेतृत्वमा आयोजक समिति गठन गरेको छ भने एकता प्रक्रियामा आएका धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली सहसंयोजक रहेका छन् ।