दाङ । दाङमा बञ्चरो प्रहार गरेर दुई जनाको हत्या गरेको छ । शनिबार बेलुका करिब ५ बजे घोराही उपमहानगरपालिका-१० पहेलपारस्थित स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिएको हो ।
घोराही चौघेरा बस्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीले हत्या गरेको एसपी केसीले जानकारी दिए। रा १ ह ३७७९ नम्बरको अटो चालक घर्ती थवाङ गाउँपालिका-२ को हो। उनी चौघेरमा बसेर अटो चलाउँदै आएको प्रहरीले जनाएको छ।
हत्या गर्ने घर्तीलाई प्रहरीले घोराही-१० सौँडिकुलाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै महिलाको टाउकोमा बन्चरो प्रहार गरि हत्या गरिएको छ ।
मृतक दुबै जनालाई टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरिएको अवस्थामा घरको कोठामा फेला परेको एसपी केसीले बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको यकिन कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।