share 218 काठमाडौं । उपेन्द्र यादव लगायत जसपा नेपालका मन्त्रीहरुले राजीनामा दिएका छन् । पार्टी फुट पश्चात् जसपा नेपाल बर्तमान प्रचण्ड सरकारबाट बाहिएका हुन् । जसपा नेपालका संसदीय दलका नेता समेत रहेका उपेन्द्र यादवले सोमबार नै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । समर्थन फिर्ता लिएको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बुझाइसकेको जनाएको छ । पोस्टको नेभिगेसन नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दै अशोक राई नेतृत्वको जसपाका मन्त्रीले लिए शपथ