काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटवार्तामा सभामुख घिमिरेले संसद अवरुद्ध भइरहेको बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै समस्याको समाधान निकाल्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारमा सहभागी राजनीतिक दलका नेताहरूका बैठक आज बस्ने तयारी भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरोध नहुने गरी संसद सञ्चालनको निर्णयमा पुगिने समेत सभामुखलाई बताएका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न मंगलबार साँझ ६ बजे बोलाइएको बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।