काठमाडौं । वैवाहिक बलात्कार मुद्दापछि प्रहरी समक्ष आत्मसमर्पण गरेको नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी बिहीबार साँझ ५ बजे रिहा भएका हुन् ।
ओडविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले उजुरी दिएकी थिइन् । ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको थियो ।