काठमाडौं । काठमाडौंको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । बूढानिलकण्ठ नगरपालिका-११ स्थित सिमलटारबाट सिन्धुपाल्चोकका २३ वर्षीय अर्जुन दर्नाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु घर भएका दर्नालले ‘म सँग पेस्तोल छ’ भनेर कपनका स्थानीयहरूलाई धाकधम्की दिने गरेको थियो । आरोपितलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
