share 235 मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका-१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका-१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ जादै गरेको कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । सो दुर्घटनामा परी बारा जिल्ला निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएको छ। घाइते साहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । पोस्टको नेभिगेसन गजुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु एक घाइते हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रईसी र विदेशमन्त्रीको मृत्यु