काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा जनगायक गीत तथा संगीतकार हिमशिखर सी लाई सम्मान गरेको छ। महासङ्घले सुदूरपश्चिम प्रदेशको तेस्रो सम्मेलनमा कालिकोट पचालना-२ का हिमशिखरलगायत ११ जना कलाकार तथा साहित्यकारलाई सम्मान गरेकाे हाे ।
सुदुर पश्चिम प्रदेशकाे धनगढीमा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश इन्चार्ज गिरिराज मणि पोख्रलले दाेसला ओढाएर सम्मान गरेको हो । जनकलाकार, गीत तथा संगीतकार हिमशिगर सी ले जनयुद्धकालमा आफ्ना गीत तथा संगीतको माध्यमबाट सेती महाकाली र भेरी कर्णालीका बस्तीलाई जनयुद्धमय बनाउदै उत्पीडित जनसमुदायमा जागरण पैदा मात्रै गरेनन् संगठित समेत पारेका थिए ।
जनयुद्धका क्रममा उनले दर्जनौं गीतको रचना गर्दै संगितबद्ध गरि आफ्नै स्वरमा गाउदै जनताकाे मन जित्न सफल भएका थिए । उनले ‘रगतका मसिहरुले लेखिरहन्छौ… लगायत कैयौं बहुचर्चित जनवादी गीतहरुको रचना गरेका छन् ।
उनी हाल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्लाको ईन्चार्ज रहेका छन ।

