काठमाडौं । रोजगारीका लागि विदेशमा पठाउने बहानामा गरेर ठगि गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका-२ का ३२ वर्षीय धनेश्वर शाह, सप्तरीका ३७ वर्षीय सिकेन्दर चौधरी र सिराहाको गोलबजारका ४२ वर्षीय भविन्द्रनाथ तामाङ छन् । न्युजिल्याण्ड पठाउँछु भनेर धनेश्वर शाहले दुईजना पीडितबाट २० लाख ठगेको प्रहरीको निष्कर्ष छ । सिकेन्दर चौधरीले एक लाख रुपैयाँ र तामाङले २ लाख ७२ हजार ठगी गरेको उजुरी आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

आरोपीहरूलाई प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।