share 259 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीको बीच प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेको छ । प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारको रिपोर्ट कार्डको आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए । उनले आफूले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको पनि बताए । रोस्टममा उभिएर बोल्दै गर्दा आफू नेपालको इतिहासमै १६ महिनामा चौथो पटक विश्वासको मत लिने प्रधानमन्त्री रहेको समेत प्रचण्डले बताएको छ । पोस्टको नेभिगेसन आफ्नो ताजा २९औं रेकर्डलाई पुनः तोड्न सगरमाथा चढ्दै कामीरिता शेर्पा काङ्ग्रेसको अवरोधबीच प्रधानमन्त्री प्रचण्डले पाए चौथोपटक विश्वासको मत