तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : दिन खुशीका साथ बित्ने छ। नयाँ कुराको प्रस्तुति सुन्न पाइने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ । गुम्न लागेको धन फिर्ता हुनेछ । बौद्धिक क्षेत्रमा विवाद हुने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ ।

वृष : दैनिकी सहज छ । कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन् । शिक्षा, स्वास्थ्य भन्दा वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा ठगबाट सचेत बन्नुपर्नेछ ।

मिथुन : नयाँ योजना बनाउने समय छ । परिवारको साथ प्राप्त हुनेछ । कर्म क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । समाजसेवाको अवसर प्राप्त हुनेछ ।

कर्कट : दिन संघर्षमय छ । आरोपको सामना गर्नुपर्ने हुनसक्छ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ । परिवारका सदस्यले धोखा दिने जोखिम रहेको छ ।

सिंह : यात्रा रमाइलो हुनेछ । कामको मूल्यांकन हुने दिन छ । खानपानको अवसर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यवसाय गर्नु हुन्छ भने सफलता मिल्नेछ ।

कन्या : राम्रो आम्दानी हुने दिन छ । श्रम गरेको ठाउँबाट तपाईंको राम्रो मूल्यांकन हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारबाट नाफा हुनेछ । परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम देखिन्छ ।

तुला : तपाईंको सीपको प्रशंसा हुनेछ । सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । राजनीतिमा लाभको पद लिने अवसर छ । परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ । जिम्मेवार पदमा रहेकाले धेरैले निगरानी गरिरहेको कुरा काम गर्दा ख्याल गर्नुपर्ने हुन्छ ।

वृश्चिक : समय चुनौतीपूर्ण देखिन्छ । कार्यसम्पादनमा अरुको साथ नहुने जोखिम देखिन्छ । काम गर्नु अगाडि कसैको पनि सल्लाह नलिनु राम्रो हुन्छ । एक्लो लगानी गर्नु भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ ।

धनु : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ । पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ । गुरुले प्रशंसा गर्ने दिन छ  । आफन्त र सन्तानले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ । समाजसेवा गर्नु राम्रो हुन्छ । यसले समाजमा तपाईंको सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : शनिदेवको छाया योग चल्दै छ । जन्म कुण्डलीमा शनिदेव सकारात्मक भए राम्रोराम्रो काम बन्नेछ । जन्म कुण्डलीमा शनिदेव नकारात्मक भए झुटा आरोप लाग्ने जोखिम हुन्छ ।

मीन : राम्रा मानिससँगको भेटले मनमा उत्साह बढ्नेछ । आज कमाउने भन्दा जोगाउने दिन छ । इष्टमित्र र नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ । परिवारभित्र शंका र उपशंका बढ्ने देखिन्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको आजको दिन शुभ रहोस् ।