जुलाई 11, 2026
मुद्धा मामिला

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

सो सम्बन्धमा अनुसन्धान हुँदा उनले भारतको कोलकतास्थित द इन्स्टिच्युट अफ इन्जिनियर्स (इन्डिया), कोलकाताबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्रा.) पदमा नियुक्ति लिएको अख्तियारको आरोप छ।

उनले हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारले ठहर गरेको छ।

अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिएको छ।

जवाफ लेख्नुहोस्