राजनीतिएमालेले बोलायो शनिवार सचिवालय बैठक ग्लोबल ग्यालेक्सी न्युज २ वर्ष अघि 1 min read काठमाडौं । नेकपा एमालेले समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्नेछ । बैठकमा सहभागिताका लागि एमालेका सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको गौतमले जानकारी दिएको छ ।
राजनीति वालेन्द्र शाह भारत भ्रमणको तयारी तीव्र, सीमा र जलविद्युत् प्रमुख एजेन्डा ग्लोबल ग्यालेक्सी न्युज २९ असोज २०८३