जुलाई 21, 2026
राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेसलाई राखे सर्त : रविलाई बोल्न दिए समिति बनाउन तयार

 

facebook sharing button

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने बताएको छ म प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय समिति गठनको माग राखी संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्रीको सो प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘रवि लामिछानेलाई संसद्‌मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं ।’ प्रधानमन्त्रीको प्रस्तावमाथि पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको भन्दै नयाँ रणनीतिका साथ आज संसद्‌मा जाने लेखकले बताए । गृहमन्त्री लामिछाने पनि संसदीय छानबिन समिति गठनका लागि मार्ग प्रशस्त गर्न तयार देखिएको छ । रास्वपाका सह-प्रवक्ता मनिष झाले लामिछाने गृहमन्त्रीबाट अलग भएर संसदीय छानबिन समिति गठनका लागि तयार भएको बताए ।

Advertisement Aangar sujan

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले लामिछानेलाई संसद्‌मा बोल्न दिए बाँकी कुरा अगाडि बढ्ने बताए ।

 

जवाफ लेख्नुहोस्