अक्टोबर 25, 2026
मौसम

तराईमा हुस्सु र कुहिरो, अन्य ठाउँमा मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

जवाफ लेख्नुहोस्