जुलाई 21, 2026
महानगर खबर

न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय

काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेको छ । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी र नगरप्रहरी तैनाथ गरिएको छ ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

Advertisement Aangar sujan

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।

जवाफ लेख्नुहोस्