अगस्ट 13, 2026
मौसम

भोटेबहालमा वर्षापछि सडक जलमग्न, आवतजावतमा सास्ती

Advertisement Sound system

काठमाडौं । अविरल वर्षापछि काठमाडौंको भोटेबहालसहित विभिन्न क्षेत्रको सडक जलमग्न हुँदा स्थानीय बासिन्दा तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। सडकमा पानी जम्दा मोटरसाइकल, पैदलयात्री तथा अन्य सवारी साधनको आवतजावत प्रभावित भएको छ।

जलमग्न सडकका कारण कार्यालय जाने कर्मचारी, विद्यालय जाने विद्यार्थी तथा व्यवसायीहरूलाई दैनिक कामकाजमा कठिनाइ भएको स्थानीयले बताएका छन्। वर्षा हुनेबित्तिकै सडकमा पानी जम्ने समस्या दोहोरिने भएकाले स्थायी समाधानको मागसमेत गरिएको छ।

स्थानीयवासीले ढल निकासको प्रभावकारी व्यवस्थापन र सडक मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्। मनसुन सक्रिय भएसँगै काठमाडौंका विभिन्न स्थानमा जलमग्न हुने समस्या बढ्दै गएको छ।

जवाफ लेख्नुहोस्