जुलाई 12, 2026
राजनीति

महामन्त्री मुकुल ढकाललाई पदबाट आजै बर्खास्त गर्ने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई आजै पदबाट बर्खास्त गर्ने तयारी गरेका छन् ।

पार्टी अनुशासनभन्दा बाहिर गएर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेका हुन् । जसका लागि अहिले पार्टी सभापतिसहितका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

केहीबेरअघि स्थगित भएको बैठक सुरु हुन सकेको छैन । सो बैठकमा महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो।

जवाफ लेख्नुहोस्