जुलाई 21, 2026
राजनीति

महासचिव विप्लवको प्रश्न : कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीति परिवर्तनपछि पनि नेता र तीनका सन्तान भ्रष्टाचारमा संलग्न रहेको कुरा सुनिरहनुपरेको बताएको छ । आइतबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिए ।

महासचिव विप्लवले भने, ‘जनतामा देखिएको उकुसमुकुसको असर सरकार, राजनीतिक दलहरूमा परिरहेको छ । आशा गरेका नेता र तीनका छोराहरू भ्रष्टाचारमा संलग्न भएका कुरा सुन्न परिरहेको छ । राजनीति कार्यकर्ता श्रमजीवी यन्त्रमा नभई भ्रष्टाचार गर्ने निकायमा बदलिरहेका छन् । जनताले आशा गरेका नेताहरू देशको अर्थतन्त्रमा लुटपाट मच्चाइरहेका छन् । यसको अन्त्य गरी उत्पीडित, श्रमजीवी जनताहरूको पक्षमा सबै मिलेर काम गर्नुपर्छ ।’

 

हरेक परिवर्तनपछि नेपालको राजनीति यथास्थितिमा बदलिएको भन्दै उनले नेताहरूले काम गर्न सकेन भने त्यसलाई जनताले फाल्ने परिस्थिति आउने बताए । नेपाल सिद्धियो भन्ने कुरा साम्राज्यवादीले फैलाएको हल्ला भएको विप्लवले बताए । अहिलेको व्यवस्थाबाट समाजवाद नआउने उनको जिकिर थियो । कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो भन्दै उनले प्रश्न पनि गरे ।

Advertisement Aangar sujan

नेपाली कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थासम्म ल्याउन एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेकाले महाधिवेशनपछि सुस्पष्ट समाजवादी नीति तथा कार्यक्रम आउनेमा उनले विश्वास व्यक्त गरे ।

 

जवाफ लेख्नुहोस्