जुलाई 21, 2026
राष्ट्रिय

माओवादी सचिव राम कार्की भन्छन् : नागरिकता प्रकरणमा रविलाई पनि पक्राउ गरिएको थिएन

काठमाडौं । माओवादी केन्द्रका सचिव राम कार्कीले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछ समेत नगरी पक्राउ गरेकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताएको छ । उनले नागरिकता लिएको विषयमा सोधपुछ नै नगरी पक्राउको आदेश गर्नु र पक्रनु अपरिपक्व निर्णय भएको बताए ।

 

Advertisement Aangar sujan

‘जुन विषयमा अभियोग लगाएर पक्राउ गरियो । यो परिस्थितिमा तुरुन्तै पक्राउ गर्ने अवस्था देखिँदैन,’ कार्कीले भने, ‘नागरिकतामा प्रश्न उठेपछि बोलाएर बयान नलिई पक्राउ गरी गिरफ्तार गरेपछि सरकारप्रति आशंका उठेको छ ।’ उनले सहकारीको रकम हिनामिनाको विषयमा कान्तिपुरले निरन्तर खबरदारी गरिरहको बेला अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु ‘कुखुरा हराउनु र स्याल कराउनु’ जस्तै भएको बताए । कार्कीले स्वयं गृहमन्त्रीलाई पनि नागरिकताको विवाद हुँदा पक्राउ नगरिएको उदाहरण दिँदै नागरिकतामाथि प्रश्न उठ्दा कसैलाई पक्राउ गर्नु, कसैलाई नगर्नु कानुनी हिसाबले समान व्यवहार नभएको बताए।

मुलुकमा भएका व्यथिति, अनियमितताप्रति खबरदारी गरेको भरमा ठूलो वा सानो मिडियामाथि हात हाल्नु गलत हुने उनले बताए । ‘राज्यमा भएका व्यथितिप्रति खबरदारी गरिरहेका मिडियामा हात हाल्दा १० पटक सोच्नुपर्छ,’ उनले भने, ‘यसमा सरकारको परिपक्वता देखिएन ।’

जवाफ लेख्नुहोस्