जुलाई 21, 2026
राजनीति

रास्वपाले खोस्यो मुकुल ढकालको सबै पद, साधारण सदस्य सिमित

काठमाडौं । महामन्त्री मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै झाले भने, ‘ढकाल अब पार्टीमा साधारण सदस्य मात्र रहेको सहप्रवक्ता मनीष झाले बैठकपछि आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए । केन्द्रीय अनुशासन आयोगले हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिस गरेपछि त्यसलाई ध्यानमा राखी ढकाललाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो ।’

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका समेत पाउने बताइएको छ।

Advertisement Aangar sujan

जवाफ लेख्नुहोस्