अक्टोबर 25, 2026
प्रदेश

बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि दिउँसो ३ बजेका बोलाएको बैठक सुरु भएको हो ।

बैठकमा प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को पुनः गठन तथा कार्य विभाजनको पत्र बारे जानकारी गराउने कार्यसूची रहेको छ । सो पश्चात् मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री लामाले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि दलगत रूपमा सांसदहरूले धारणा राख्नेछन् भने त्यस लगत्तै मतविभाजन हुने जनाएको छ ।

जवाफ लेख्नुहोस्