काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति केजी २० रुपैयाँ र प्याज सुकेको प्रति केजी ७० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, काउली स्थानीय प्रति केजी ६० रुपैयाँ, बन्दा लोकल प्रति केजी २० रुपैयाँ र रातो मुला प्रति केजी ४० रुपैयाँ तोकिएको छ । तितो करेला प्रति केजी २० रुपैयाँ, लौका प्रति केजी ४० रुपैयाँ र घिरौला प्रती केजी ४० रुपैयाँ तोकिएको छ ।
भिण्डी प्रति केजी २५ रुपैयाँ, स्कुस प्रति केजी ७० रुपैयाँ र फर्सी पाकेको प्रति केजी ३५ रुपैयाँ तोकिएको छ ।
