काठमाडौं । आज मिति २०८१ साल साउन २१ गते सोमबार तदनुसार २०२४ अगस्ट ५ तारीख श्रावण शुक्लपक्ष प्रतिपदा तिथि । आज सूर्योदय बिहान ५ बजेर ३० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ४८ मिनेटमा हुनेछ ।
मेष : दिन सामान्य राम्रो छ । राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ । आम्दानी बढ्नेछ ।
वृष : समय राम्रो छ । बोल्दा ख्याल गर्नुहोला । शत्रु बढ्नेछन् र अरु सबै क्षेत्र यथावत छन् । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ ।
मिथुन : दिन सामान्य राम्रो छ । प्रतिस्पर्धी निस्तेज हुनेछ र आफ्नो प्रभाव बढ्नेछ । राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ ।
कर्कट : दिन सामान्य राम्रो छ । धार्मिक क्षेत्रमा मन जानेछ । सुरु गरेको काममा सफलता मिल्नेछ । मानसम्मान बढ्नेछ । रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ ।
सिंह : दाम्पत्य जीवन सुखमय रहला । राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ । आम्दानी पनि बढ्ने दिन रहेको छ ।
कन्या : दिन सामान्य राम्रो छ । आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन् । आत्मबल बढ्नेछ ।
तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ । पठनपाठनमा रुची बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ।
वृश्चिक : बोलीका कारण साथीभाइ घट्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला। शत्रु बढ्नेछन् । पारिवारिक तनाव बढ्नेछ ।
धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ । शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ । व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ ।
मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ । अन्य क्षेत्र यथावत छन् । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ ।
कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ । स्वास्थ्यमा समस्या हुनेछ ।
मीन : प्रशंसा पाउने दिन छ । खुसी बढ्नेछ । वैदेशिक मामिलामा सफलता मिल्नेछ । प्रेममा भने संघर्ष गर्नुपर्नेछ ।


