काठमाडौं । आज मिति २०८१ साल साउन २७ गते आइतबार   तदनुसार २०२४ अगस्ट ११ तारीख श्रावण शुक्लपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ४३ मिनेटमा  हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : चन्द्रमाको सातौं स्थानको गोचरको शुभ प्रभावले पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ ।

वृष : वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

मिथुन : मिथुन राशिका व्यक्तिहरुको लागि समय मध्यम रहेको छ। रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला ।

कर्कट : कर्कट राशिका व्यक्तिहरुको लागि आज समय सामान्य रहेको छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ ।

सिंह : सिंह राशिका व्यक्तिहरुको लागि आज दिन राम्रो रहेको छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

कन्या : कन्या राशिका व्यक्तिहरुको लागि आज दिन मध्यम रहन सक्छ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ । अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ । सहकर्मी वा साथीभाईबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्न सक्छ ।

तुला : तुला राशिका व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ। मनमा उत्साह र उमङ्ग रहन सक्छ । शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ । नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ ।

वृश्चिक : वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज दिन प्रतिकूल रहन सक्छ । सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। कल्पना नगरेको ठाउँमा खर्च गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ।

धनु : धनु राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ ।

मकर : मकर राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । चन्द्रमा गोचर आज दशौँ रहने भएकालेउचित मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।

कुम्भ : कुम्भ राशि हुने व्यक्तिहरुको लागि आज दिन मध्यम रहन सक्छ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ ।

मीन : मीन राशि हुने व्यक्तिहरुको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । गोचरमा अष्टम चन्द्रमाको प्रभावले शरीरमा चोटपटक लाग्न सक्ने, धनको हानि हुन सक्ने समय छ।

राशिफलमा जे जस्तो लेखिएता पनि तपाईको दिन शुभ रहोस् ।