share 260 काठमाडौं । टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेनजी प्रदर्शनका क्रममा ‘फ्रि तिब्बत’ समर्थकहरूमाझ एक युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि आलोचना भएको थियो। भिडियोमा देखिएका ती युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले पुष्टि गरेका छन्। उनका अनुसार पक्राउ परेका युवकले उक्त दृश्य सुटिङको क्रममा खिचिएको बताएका छन्। “उनीहरूले भिडियो सुटिङकै क्रममा त्यो दृश्य खिचिएको दाबी गरेका छन्, तर घटनाबारे थप अनुसन्धान भइरहेको छ,” एसएसपी थापाले बताए। पोस्टको नेभिगेसन ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरी परिसरमै पठायो फिर्ता जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही पक्राउ