जुन 2, 2026
राष्ट्रिय

काठमाडौँमा श्रम संस्कृति पार्टीको खबरदारी कार्यक्रम, प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग

काठमाडौँ, असार २ — श्रम संस्कृति पार्टी ले काठमाडौँस्थित शान्तिवाटिका मा खबरदारी कार्यक्रम आयोजना गर्दै बालेन्द्र शाह को सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिको विरोध गरेको छ।


पार्टीका नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका छन्। कार्यक्रममा सहभागीहरूले राष्ट्रिय हित र सार्वभौमिकताको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका थिए।


त्यसैगरी, उनीहरूले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राई लाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

कार्यक्रममा सहभागीहरूले दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारलाई दबाब दिएका थिए।

जवाफ लेख्नुहोस्