अगस्ट 13, 2026
अपराध-अनुसन्धान

कोटेश्वरको रामेछाप गेस्ट हाउसका सञ्चालकसहित २ जना पक्राउ, ६ बालिकाको उद्धार

Advertisement Sound system

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेको हो ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौंको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।

 

#रासस

जवाफ लेख्नुहोस्