काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न आठ जिल्लाबाट ५५३ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा बेपत्ता व्यक्तिहरूको खोजी गर्ने कार्यसमेत जारी रहेको छ।
स्रोत : नेपाल प्रहरी https://www.nepalpolice.gov.np/


