अक्टोबर 14, 2026
राष्ट्रिय

चीन नाका अवरुद्ध : केरुङ, तातोपानीपछि कोरला पनि बन्द

Summary

  • भोटेकोशी बाढीपछि केरुङ नाका अनिश्चित र तातोपानी नाका लामो समयदेखि बन्द रहेका बेला बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि कोरला नाका पनि अवरुद्ध भएको छ।
  • नाका र सडक अवरुद्ध हुँदा कन्टेनर तथा मालवाहक सवारीसाधन थन्किएका छन्। यसले दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई बजारमा मूल्यवृद्धिको जोखिम बढाएको छ।

काठमाडौं । चीन नाका अवरुद्ध हुँदा नेपालतर्फ हुने मालसामानको आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। भोटेकोशीमा आएको बाढीपछि केरुङ नाका अनिश्चित बनेको र तातोपानी नाका लामो समयदेखि बन्द रहेका बेला बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि कोरला नाका पनि अवरुद्ध भएको हो।

कोरला नाका अवरुद्ध भएपछि चीनबाट सामान बोकेर आएका कन्टेनर तथा मालवाहक सवारीसाधन बाटोमै थन्किएका छन्। सडक अवरुद्ध हुँदा मालसामानको ढुवानी प्रभावित भएको छ।

एकपछि अर्को व्यापारिक नाका प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्न सक्ने देखिएको छ। आपूर्ति घटेमा बजारमा वस्तुको अभावसँगै मूल्य बढ्ने जोखिमसमेत बढेको छ।

जवाफ लेख्नुहोस्