काठमाडौं । महादेव हिमालयन रक्षा अभियानले ‘हिमालयन रेड फोर्स’ घोषणा सभा–२०८३ आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा अभियानसँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
O
कार्यक्रममा सहभागी वक्ताहरूले सम्बोधन गर्दै आफ्नो धारणा राखेका थिए। सभामा अभियानको औपचारिक घोषणा गरिएको थियो। कार्यक्रममा सहभागीहरू सामूहिक रूपमा उपस्थित भएर अभियानप्रति आफ्नो सहभागिता जनाएका थिए।
कार्यक्रममा युवा एकता, सक्रियता र परिवर्तनलाई प्राथमिकतामा राखिएको थियो। अभियानले युवाहरूलाई एकताबद्ध गर्दै सामूहिक रूपमा अघि बढ्ने सन्देश दिएको छ।
घोषणा सभामा विभिन्न वक्ताहरूले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। कार्यक्रमले अभियानको आगामी गतिविधि र यसको उद्देश्यबारे चासो बढाएको छ।




