सेप्टेम्बर 9, 2026
ताजा समाचार

लालिगुराँसमा नेतृत्व परिवर्तन, सञ्जीव दाहालको काँधमा अध्यक्षको जिम्मेवारी

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं लालिगुराँसको अध्यक्ष पदको औपचारिक नेतृत्व हस्तान्तरण कार्यक्रम स्युचाटार–कलंकीस्थित रेस्टुरेन्ट (गौरव इभेन्ट्स) मा सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष लायन इन्दिरा शाहु डंगोलले अध्यक्ष पदको जिम्मेवारी लायन सञ्जीव दाहाललाई हस्तान्तरण गरे।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निवर्तमान अध्यक्ष डंगोलले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिइन्।


नवनियुक्त अध्यक्ष सञ्जीव दाहालले लायन्स क्लबको सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सबै सदस्यको सहकार्यमा समाजसेवामूलक कार्यक्रमलाई थप सशक्त बनाउँदै लायन्सको “We Serve” अभियानलाई निरन्तर अगाडि बढाउने बताए।

जवाफ लेख्नुहोस्