अक्टोबर 14, 2026
राष्ट्रिय

रक्तदानमा जुट्यो लायन्स र लियो क्लब अफ ललिगुराँस

Summary

  • आयोजक: लायन्स क्लब अफ काठमाडौं लालिगुराँस र लियो क्लब अफ काठमाडौं लालिगुराँस
  • स्थान: पाटन औद्योगिक क्षेत्र
  • मिति: अक्टोबर १, २०२६
  • समय: बिहान ११ बजे
  • प्राविधिक सहयोग: TU Lions Blood Transfusion and Research Center
  • उद्देश्य: मानवीय सेवा तथा आवश्यक बिरामीका लागि रगत संकलन
  • सहभागिता: विभिन्न रक्तदाताहरूको उत्साहजनक सहभागिता

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ काठमाडौं ललिगुराँस र लियो क्लब अफ काठमाडौं ललिगुराँसको आयोजनामा तथा कल्याण तथा सुरक्षा समिति, पाटन औद्योगिक क्षेत्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा TU Lions Blood Transfusion and Research Center ले प्राविधिक सहयोग गरेको थियो।
रगत अभाव न्यूनीकरण तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।

कार्यक्रम २०८३ असोज १५ गते बिहान ११ बजे पाटन औद्योगिक क्षेत्र, लगनखेलमा आयोजना गरिएको थियो।

जवाफ लेख्नुहोस्