मोरक्कोले आयोजक राष्ट्र क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। ह्युस्टनमा शनिबार भएको अन्तिम–१६ को खेलमा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले सहज जित दर्ता गरेको हो।
पहिलो हाफमा क्यानडाले बल नियन्त्रण र आक्रमणमा दबाब बनाए पनि गोल गर्न सकेन। मोरक्कोले सुरुआती दबाब झेलेपछि खेलमा फर्किंदै दोस्रो हाफमा आफ्नो लय समात्यो।खेलको दोस्रो हाफमा मिडफिल्डर अजेद्दिन ओउनाही चम्किए। उनले सेट–पिसबाट पहिलो गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। त्यसपछि उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा वैकल्पिक खेलाडी सुफियान रहिमी ले तेस्रो गोल थपेपछि मोरक्कोले ३–० को जित पक्का गर्यो।

क्यानडाले पहिलो हाफमा केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसको फाइदा उठाउन नसक्दा महँगो साबित भयो। घरेलु समर्थकको साथमा ऐतिहासिक यात्रा गरिरहेको क्यानडाको विश्वकप अभियान अन्ततः अन्तिम–१६ मै टुंगियो।

यो जितसँगै मोरक्को विश्वकप २०२६ को क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको छ। अब उसले क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।


