रसुवा — रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र ड्रोन र नेपाली सेनाको टोलीमार्फत खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङभित्र नेपाली सेना र ड्रोन पुगेका सम्भावित स्थानहरूमा विस्तृत खोजी तथा निरीक्षण गरिएको थियो। तर खोजीका क्रममा कुनै व्यक्ति फेला नपरेपछि तत्कालका लागि उद्धार टोली फर्किएको हो।
उद्धार टोलीले सुरुङभित्रका जोखिमपूर्ण तथा पहुँच कठिन स्थानहरूमा समेत खोजी गरेको थियो।


