सेप्टेम्बर 10, 2026
राष्ट्रिय

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, अभिलेख शाखाका महत्वपूर्ण मिसिल जले

Summary

  • सर्वोच्च अदालतको नयाँ भवनमा गएराति आगलागी भएको छ।
  • प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टका कारण आगलागी भएको देखिएको छ।
  • घटनामा अभिलेख शाखामा रहेका केही प्रमाण मिसिल जलेका छन्।

काठमाडौं — सर्वोच्च अदालतको नयाँ भवनमा गएराति आगलागी भएको छ। राति करिब साढे १२ बजे भवनको भुइँतलामा रहेको अभिलेख शाखामा आगो लागेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

सर्वोच्च प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ।आगलागीको सूचना पाएलगत्तै काठमाडौं महानगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट अभिलेख शाखामा रहेका तीनवटा स्टिल दराजमा राखिएका प्रमाण मिसिल जलेको बताइएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।

जवाफ लेख्नुहोस्